आजको मौसम : पहाडी क्षेत्रमामा सामान्य बदलीको सम्भावना

आइतबार, चैत २५, २०८०

काठमाडौं : आजको मौसम  कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा सामान्य बादल लागेको छ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले केही ठाउँमा सामान्य बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

बंगलाचुली गाउँपालिका

दिउँसो देशको पहाडी भू–भागमा सामान्य बदलीको सम्भावना छ ।  बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै ठाउँ र बाँकी पहाडी भू–भागको एक–दुई ठाउँमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

त्यस्तैगरी उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा सामान्य हिमपात र कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र पूर्वी तारईका केही ठाउँमा हावाहुरीको सम्भावना पनि रहेको छ ।  

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्