त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कपमा नेपालले आज बरोडासँग खेल्दै

मंगलबार, चैत २०, २०८०

काठमाडौँ :  नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कपमा नेपालले आज बरोडासँग खेल्दैछ । खेल दिउँसो पौने ३ बजे शुरु हुनेछ । नेपाल र बरोडाले आज आफ्नो दोस्रो खेल खेल्न लागेका छ ।

बंगलाचुली गाउँपालिका

अस्ति भएको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो । त्यस्तैगरी  हिजोको खेलमा गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो ।

त्यस्तैगरी भोलि नेपाल र गुजरात तथा शुक्रवार नेपाल र बरोडबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुने भएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्