बाग्मती प्रदेशमा एकीकृत समाजवादीका रमा आले मगर मन्त्री नियुक्त

मंगलबार, चैत २०, २०८०

काठमाडौं : बाग्मती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का सांसद रमा आले मगर मन्त्री नियुक्त हुनुभएको छ । उहाँलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हिजो सोमबार बेलुका विना विभागीय मन्त्रीमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ  ।

बंगलाचुली गाउँपालिका

आज बिहान शपथ ग्रहण गर्नुहुने तयारी छ । सांसद रमा आले मगर एकीकृत समाजवादीबाट प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्लो महिला सांसद हुनुहुन्छ । उहाँ काठमाण्डौ प्रतिनिधिसभा क्षेत्र नम्बर–१० को प्रदेश ‘ख’ बाट निर्वाचित हुनुभएको हो ।

 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०८:१२
प्रतिक्रिया दिनुहोस्