पाल्पामा हावाहुरीले रुख ढल्दा एक युवकको मृत्यु

आइतबार, चैत १८, २०८०
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

पाल्पा : हावाहुरीका कारण रुख ढल्दा पाल्पामा एक युवकको मृत्यु भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

तानसेन नगरपालिका –८ जरेपिपलमा दिउँसो अत्याधिक वर्षासँगै आएको हावाहुरीले रुख ढलेर लाग्दा तानसेन–५ कैलाशनगरका १९ वर्षीय भुवन दर्लामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रुखले च्यापेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा डाक्टले मृत घोषणा गरेका हुन् ।

पाल्पाबाट बुटवल जाँदै गरेको लु ८१ प ११३६ नम्वरको स्कुटी रोकी ओत लाग्ने क्रममा एक्कासी सल्लाको रुख ढलेर दर्लामीलाई च्यापेको स्थानीय दिनेश घिमिरेले बताए । उनका अनुसार ठूलो हावाहुरी लागेको र त्यसबाट जोगिन ओत लाग्दा रुख ढलेर उनलाई च्यापेको थियो ।

उनीसँगै रहेका तानसेन –२ सिल्खानटोलका २० वर्षीय प्रथम शाही भने घाइते भएका छन् । उहाँको एलएमसीमा उपचार भएको छ ।

 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०६:३३
प्रतिक्रिया दिनुहोस्