आज चार प्रदेशमा वर्षा हुने, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

सोमबार, चैत १२, २०८०
दंगीशरण गाउँपालिका

काठमाडौं - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको  छ।

बबइ गाउँपालिका

महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा मौसम सफा रहने छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

कोशी, मधेश, बागमती  र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थान मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

राती भने कोशी, बागमती, मधेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी र मधेश  प्रदेशका एक दुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्