फिफा विश्वकप छनोट खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित

शुक्रबार, चैत ९, २०८०

काठमाडौं  - फिफा विश्वकप– २०२६  छनोट अन्तर्गत नेपाल घरेलु टोली बहराइनसँग पराजित भएको छ।

बंगलाचुली गाउँपालिका

बहराइन राष्ट्रिय रङ्गशालामा भएको खेलमा घरेलु टोली ५-० ले विजयी भएको हो। बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो।

यो हारसहित नेपालले एशियाबाट विश्वकप छनौटको समूह एचमा लगातार तेस्रो हार बेहोरेको छ।  नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार बेहोरेको थियो।

अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार राति खेल्ने छ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्