लुम्बिनी प्रदेशको हिउदे अधिवेशन अन्त्य 

शुक्रबार, चैत २, २०८०

दाङ - लुम्बिनी प्रदेशको हिउदे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ देखि हिउदे अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम चालु अधिवेशन अन्त्य भएको प्रदेशसभा सचिब दुर्लभ कुमार पुनले बताए । चालु अधिवेशन तीन दिन मात्रै चलेको थियो ।

बंगलाचुली गाउँपालिका

प्रदेश सरकारका प्रबक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयका अनुसार कुनै विजनेश नभएकाले चालु अधिवेशन अन्त्य गर्न सिफारिश गरिएको बताए । लुम्बिनीमा २१ फागुनमा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले एक महिना भित्रमा विश्वासको मत लिनु पर्छ । त्यसलाई छल्नकालागि अधिवेशन अन्त्य गर्न लागिएको हुन सक्ने आँकलन गरिएको छ । लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी अल्पमतमा परेका छन् ।


सत्ता साझेदर माओवादी केन्द्रसंगै केन्द्रमा जसपा, नागरिक उन्मुक्ती पार्टीले एमाले सहितको नयाँ समीकरणमा समावेश भएपछि लुम्बिनीमा मुख्यमन्त्री चौधरी अल्पमतमा परेका हुन् ।

लुम्बिनी-प्रदेश-1710519170.jpg
 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  २१:५८
प्रतिक्रिया दिनुहोस्