पहाडी क्षेत्रमा आंशिक बदली, अन्य ठाउँको मौसम सफा

शुक्रबार, चैत २, २०८०

काठमाडौं - आज देशका पहाडी भेगमा आंशिक बदलीको सम्भावना रहेको छ । अरु बाँकी ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भेगका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक, दुई ठाउँमा आज हल्का हिमपातको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनु भयो । आज मौसम बदली र उच्च भूभागमा हिमपातको सम्भावना रहे पनि पानी पर्ने सम्भावना नभएको उहाँको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ०८:१९
प्रतिक्रिया दिनुहोस्