नयाँ गठबन्धनलाई मिसन–२०८४ का लागि उपयोग गर्छौँ वरिष्ठ उपाध्यक्ष पोखरेल

शनिबार, फागुन २६, २०८०

काठमाडौं - सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समीकरणले पार्टी सिद्ध्याउने अभियान टुटेको दाबी गर्नुभएको छ। 

बंगलाचुली गाउँपालिका

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले देश भित्र र बाहिरका केही शक्तिले एमाले सिद्ध्याउने प्रयोजनका लागि बनाएको काँग्रेस नेतृत्वको आपराधिक गठबन्धन टुटाएर नयाँ समीकरण बनाउन आफूहरू सफल भएको बताउनुभयो । 

शनिबार पार्टीको काठमाडौँ महानगरपालिका वडा नम्बर ५ को १२ औँ अधिवेशनमा बोल्दै उहाँले नयाँ सत्ता समीकरणलाई पनि मिसन–२०८४ पूरा गर्न सहयोगीको रूपमा प्रयोग गर्ने योजनासमेत सार्वजनिक गर्नुभयो । 

मिसन २०८४ जारी रहने र अभियानलाई सहयोग गर्न सरकार र सत्तारुढ गठबन्धनलाई पनि उपयोगमा ल्याउने पार्टीको योजना रहेको उहाँको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘‘हामीले मिसन– २०८४ भनेका छौँ । आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्छ । निर्वाचन पछि कसैको बहुमत नआएको अवस्थामा मिलेर सरकार बनाउन सकिन्छ । तर निर्वाचन भन्दा पहिलो राष्ट्रव्यापी रूपमा जो गठबन्धन गरेर एमालेको विरुद्ध हमला गरियो । त्यो आपराधिक योजना अन्तरगत थियो भनेर हामीले भन्यौँ । अहिले हेरफेर भयो । यो भनेको त्यो षड्यन्त्रपूर्ण ढङ्गले बनेको गठबन्धन पराजित भएको हो । त्यो गठबन्धन भत्केको हो ।’’ 

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि भ्रष्टाचारविरोधी अभियानमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्