सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
ब्ल्ड डोनर्स एसोसिएसन नेपाल ९ब्लोदान० को आयोजनामा ललितपुरमा आजदेखि शुरु भएको दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलनको उद्घाटन गर्दै उहाँले स्वयंसेवी रक्तदाताको सङ्ख्या बढाउन सरकारी र गैरसरकारी विभिन्न क्षेत्रबाट निरन्तर अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।
सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापनमा रक्तदानको चेतनासम्बन्धी सामग्री थप्ने उहाँको प्रतिबद्धता छ । दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन आज र भोलि दुई दिन ज्यापु प्रज्ञा भवन भोलढोका, बालकुमारीमा चल्नेछ ।
यो सम्मेलनमा भारतसहित अरू देशका प्रतिनिधि पनि सहभागी भएका ब्लोदानका केन्द्रीय उपाध्यक्ष तथा दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन प्रचार–प्रसार उपसमितिका संयोजक राजेश श्रेष्ठले जानकारी दिनुभयो । ब्लोदानले २०७० जेठ ३० र ३१ गते प्रथम अन्तर्राष्ट्रिय रक्त सम्मेलन गरेको थियो ।