टी–२० क्रिकेटमा नेपाल हङकङसँग ७३ रनले पराजित

शनिबार, फागुन २६, २०८०

काठमाडौँ - हङकङसँगको अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ । मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा शनिबार जितका लागि घरेलु टोली हङकङले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६।४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३९ रनमा समेटिएको थियो । 

बंगलाचुली गाउँपालिका

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाउनुभयो । उहाँले २२ बलमा चार चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै आरिफ शेखले ३८ र कप्तान रोहितकुमार पौडेलले ३० रन बनाउनुभयो । नेपाललाई सस्तैमा समेट्न बलिङमा हङकङका यासिम मुर्ताजले चार विकेट लिनुभयो । एहसान खानले तीन तथा अतिक इक्बाल र नस्रुला रानाले एक एक विकेट झार्नुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय १३ रन बनाएको थियो । हङकङका लागि बाबर हायतले सतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४९ बलमा १३ छक्का र तीन चौकाको सहयोगमा एक सय एक सय १० रन बनाउनुभयो । यस्तै अन्सुमा रथले ३९, मार्टिन कोइटजीले ३१ र एजाज खानले अविजित २१ रन बनाउनुभयो । 

बलिङमा नेपालका आकाश चन्दले तीन विकेट लिनुभयो । उहाँले यही खेलबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएको हो । यस्तै आरिफ शेख, प्रतिश जिसी, आकाश चन्दा र रसिद खानले एक एक विकेट लिनुभयो । 

नेपालले हङकङमै आइतबार देखि सुरु हुनो त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अघि घरेलु टोली हङकङसँग फ्रेन्डसिप कप खेलेको हो । हङकङ, नेपाल र पीएनजीसम्मिलित सिरिज आइतबार देखि सुरु हुनेछ ।

सिरिजको पहिलो खेलमा नेपालले आइतबार हङकङसँग खेल्नेछ । नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकप तयारीका लागि टी–२० सिरिज खेल्न लागेको हो । 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्