बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

सगरमाथामा आरोही गर्ने पर्यटनका लागि विद्युतीय चिप्स अनिवार्य

शनिबार, फागुन २६, २०८०

काठमाडौं - गएको वर्ष सगरमाथा आरोहणका क्रममा १२ जनाको ज्यान गयो । अरु पाँच जना हराइरहेका छन् । हराइरहेकाहरु कुन क्षेत्रमा वा कस्तो अवस्थामा छन् भन्ने यकिन छैन । उनीहरु बाँच्ने सम्भावना त हुँदैन तर कस्तो अवस्थामा ज्यान गुमाए र शव कस्तो ठाउँमा छ भन्ने यकिन समेत भएको छैन ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

यसैगरी सगरमाथामा हरेक वर्ष कोही न कोही आरोही हराउँछन् । उनीहरुको शव खोज्न कठिन हुँदै आएका छन् । सगरमाथामा आरोही हराउने र हिउँभित्र खोज्न समस्या हुने समस्यालाई कम गर्न सरकारले यही आरोहणयामबाट आरोहीहरूका लागि विद्युतीय चिप्स अनिवार्य गरेको छ । आरोही हराएमा तत्कालै उनीहरु कहाँ छन् भनेर जानकारी लिन र ज्यान गइसकेको अवस्थामा शव खोज्न पनि सजिलो होस भनेर विद्युतीय चिप्स अनिवार्य गरेको पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले बताउनुभयो ।

पर्वतारोहीका लागि यस्तो चिप्स विभागले सम्बन्धित एजेन्सीमार्फत् उपलब्ध गराउँछ । यसका लागि आरोहीले १० देखि १५ अमेरिकी डलर अर्थात् झण्डै दुई हजार रुपैयाँ सम्म तिर्नु पर्छ । पर्वतारोहीको ज्याकेटमा जडान गरिने विद्युतीय चिप्सले पर्वतारोहण थप सुरक्षित बनाउने आशा छ । तत्काल उद्धारसँगै चिप्स लामो समयसम्म रहने भएकाले शवको खोजीका लागि पनि महत्वपूर्ण हुने गुरुङको भनाइ छ । हिजोआज आरोहीहरूले प्रयोग गर्दै आएका मोबाइल वा जीपीएस उपकरणको ब्याट्री निश्चित समयमा सकिन्छ ।

चिप्सले भने लामो समयसम्म काम गर्ने भएकोले बढी उपयोगी हुने र हिमपहिरोमा परेका समयमा कैयौँ फिट हिउँमुनि आरोही पुरिएको हुनसक्ने अवस्थामा पनि चिप्सबाट पत्ता लगाउन सकिने विभागको दाबी छ । पर्वतारोहीहरूलाई थप सुरक्षित बनाउने विषय भएकाले चिप्स जडान गर्ने निर्णय सकारात्मक रहेको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले बताउनुभयो । यस्तो चिप्स युरोप तथा अमेरिका लगायतका देशमा हुने आरोहणमा लामो समयदेखि प्रयोग भइरहेको छ । नेपालमा पनि केही कम्पनीहरुले यसअघि नै प्रयोगमा ल्याएका छन् । तर अब सरकारले सबैका लागि अनिवार्य गरेको हो ।

नेपालका कम्पनीहरुको व्यवस्थापन तथा हिमालमा काम गर्ने जनशक्तिको कामलाई संसारकै आरोहीहरुले रुचाउँछन् । तर पनि हिमालमा जुनसुकै बेला दुर्घटना हुन सक्छ । दुर्घटना पछिको खोजीका लागि उपयोगी हुने विद्युतीय चिप्सको प्रयोगले अन्तर्राष्ट्रिय रुपमा थप सकारात्मक सन्देश जाने नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाको भनाइ छ । 

सगरमाथा आरोहणमा आरोहीहरूको साथमा अरु गाइड तथा टोली रहने हुँदा दुर्घटना कहाँ भयो भन्ने थाहा हुन्छ । तर हिमपहिरो, हिउँ खाडल, लडेर टाढा पुगेपछि हिउँले पुरिनु लगायतका कारण कतिपय आरोहीहरु हिमालमै हराउँछन् । सुरक्षित हिमाल आरोहण तथा हराउनेहरुको खोजीका लागि पनि विद्युतिय चिप्स महत्वपूर्ण हुने आरोहणको क्षेत्रमा काम गर्नेहरु बताउँछन् ।

आरोहीले चिप्स लगाउने व्यवस्थाका बारेमा केही वर्षदेखि छलफल भइरहेकोमा यसपटकबाट अनिवार्य गरिएको हो । हिउँमा हराएको व्यक्ति कहाँ छ भनेर पत्ता लगाउन समस्या भइरहेका बेला खोज्न उपयोगी हुने चिप्सको प्रयोग अरु हिमालहरूमा पनि अनिवार्य गरिँदै जाने पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताउनुभयो । 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्