साताको सेयर बजार  ७० अंकले  बढ्यो

शुक्रबार, फागुन २५, २०८०

काठमाडौँ  - यो साताको पुँजीबजारमा पनि देखिएको छ। तीव्र उतारचढावबीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अंकले बढेको छ।

बंगलाचुली गाउँपालिका

साताको पहिलो दिन आइतवारको कारोबारपछि १ हजार ९६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीवार २ हजार ३० दशमलव ५६ को बिन्दुमा पुगेको छ।

सत्तागठबन्धन परिवर्तनसँगै सोमवार मात्र नेप्से परिसूचक ११७ दशमलव ७० अंक अर्थात् ६ प्रतिशतले बढेको थियो। उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको बजारमा मंगलवार भने उच्च अंकको गिरावट देखियो।

मंगलवार परिसूचक ७० दशमलव ३१ अंकले घटेर २ हजार ७ दशमलव ६९ को बिन्दुमा कायम भएको थियो।

बुधवार र बिहीवार दुवै दिन परिसूचक बढ्यो। नेप्सेका अनुसार परिसूचक बुधवार ९ दशमलव ३३ र बिहीवार १३ दशमलव ५१ अंकले बढेको थियो।

यो साता पुँजी बजारमा १३ अर्ब २२ करोड १७ लाख १७ हजार रुपैयाँ बराबरको ३ करोड ६० लाख ४४ हजार ३१ कित्ता शेयर कारोबार भएको छ। 

आइतवार २ अर्ब ५ करोड ८५ लाख ९४ हजार रुपैयाँ बराबरको ५२ लाख ३८ हजार ६९६ कित्ता शेयर खरिदबिक्री भएको छ। 

नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेको सोमवार भने ३७ करोड ३७ लाख ५१ हजार रुपैयाँ बराबरको ९ लाख २० हजार ३९९ कित्ता शेयर मात्रै किनबेच भयो।

मंगलवार ४ अर्ब ४ करोड ५२ लाख ८२ हजार ७५४ रुपैयाँ बराबरको १ करोड ४ लाख २ हजार ९४० कित्ता शेयर कारोबार भएको छ। 

त्यसैगरी, बुधवार ३ अर्ब ४२ करोड २४ लाख ८४ हजार रुपैयाँ बराबरको ८५ लाख २८ हजार २५५ कित्ता र बिहीवार २ अर्ब ५८ करोड ७३ लाख १६ हजार रुपैयाँ बराबरको ६३ लाख ७२ हजार ४५२ कित्ता शेयर खरिद बिक्री भएको छ।

बिहीवारको कारोबारपछि  कुल बजार पुँजीकरण ३१ खर्ब ९१ अर्ब ७५ करोड ७८ लाख ९५ हजार ३९४ रुपैयाँ बराबर कायम भएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्