भोली धारपानीमा महाशिवरात्री मेला

बिहीबार, फागुन २४, २०८०

दाङ - महाशिवरात्री पर्वका अवसरमा दाङको धारपानीमा भोली लाग्ने महाशिवरात्री मेला तथा शिवपुजनको तयारी पुरा भएको छ । मेला भोली लाग्ने भएपनि हिजैदेखी भत्तजन,साधुसन्त  तथा व्यापारीहरुको चहलपहल सुरु भैसकेको छ । मेलालाई व्यवस्थित र भव्य बनाउन मन्दिर व्यवस्थापन समितिले बिभिन्न उपसमिति गठन गरेर काम गरिरहेको छ । मेलामा पुग्ने भत्तजनहरुलाई आवतजावतमा सहजता ल्याउन पनौरादेखी धारपानी सम्मको सडक मर्मत गरिएको छ । भने घोराहीबाट धारपानी सम्म जाने सवारीलाई गुरगै हुदै र धारपानीबाट घोराही फर्कने सवारीलाई गुरुवागाँउ थारुगल्ली हुदै फर्कर्ने व्यवस्था मिलाइएको समितिका सचिव बिष्णुराम आचार्यले जानकारी दिनुभयो । 

बंगलाचुली गाउँपालिका

यातायात व्यावसायी,अटो व्यावसायी,मन्दिर व्यवस्थापन समिति,ट्रार्फिक प्रहरी लगायतको बैठक बसी भाडादर समेत निर्धारण गरिएको छ । जस अन्तरगत भोली महाशिवरात्री मेलाका दिन धारपानी सम्म पुग्न अटोका लागी एकतर्र्फी ९० रुपैया र बस लगायत अन्य सवारीका लागि ५० रुपैया भाडा दर कायम गरिएको छ ।  तोकिएको भाडादर भन्दा बढि असुल गरेको पाइएमा कडा कारवाही गरिने ट्रार्फिक प्रहरी जनाएको छ । मेलामा उच्छृङ्खल गतिविधि हुन नदिन जिल्ला प्रहरी,जिल्ला ट्राफिक कार्यालय,अस्थायी प्रहरी पोष्ट,जिल्ला प्रशासन,नेपाली सेनासंग समन्वय गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । यस्तै मन्दिरले तोकेको पूर्व र दक्षिणमा धार्मिक बनको सिमाना सम्म,उत्तरमा बवई नदि सम्म र पश्चिममा धारपानी जाने पक्की सडकभित्र मदिरा बेचबिखन तथा सेवनलाई निषेध गरिएको छ । भोली २५ गते महाशिवरात्रीको दिन नेपाली सेनाबाट बिश्वकै अग्लो त्रिशुलमा सलामी,शिव भगवानको पुँजा आरधना तथा भजनकृतन सञ्चालन हुनेछ ।

 मेलामा यस बर्ष बच्चाहरुले खेल्ने बिभिन्न किसिमका पिङ लगायत डु‌गा,रेल समेतको व्यवस्था गरिएको छ । मेलालाई व्यवस्थित बनाउन सचिव विष्णुराम आचार्यको संयोजकत्वमा सूचना प्रशारप्रसार उपसमिति शारदा पोख्रेलको संयोजकत्वमा पुँजा व्यवस्थापन उपसमिति,टेकनाथ आचार्यको संयोजकत्वमा सुरक्षा उपसमिति,विवेक श्रेष्ठको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति,रेव बहादुर बुढाथोकीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र शंकर गौतमको संयोजकत्वमा स्वागत सम्मान उपसमिति गठन गरिएको छ । 

यस्तै  सदस्य बलिराम भुसाल गोपालको संयोजकत्वमा बजार व्यवस्थापन उपसमिति,मधुसुदन पौडेलको  संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति,विमल अधिकारीको संयोजकत्वमा आर्थिक सहयोग उपसमिति,ऋषीदेव शर्माको संयोजकत्वमा अनुगमन उपसमिति,शिवसंकर देवकोटाको संयोजकत्वमा पानी व्यवस्थापन उपसमिति,यज्ञश्वरी चन्दको संयोजकत्वमा फुलमाला व्यवस्थापन उपसमिति,निम बहादुर चौधरीको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति,बुद्धिराम भण्डारीको संयोजकत्वमा भजनकृतन उपसमिति,श्यामप्रकाश आचार्यको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति र गोविन्द खड्काको संयोजकत्वमा सरसफाई व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

 महाशिवरात्री मेलामा उपस्थित भई शिवको पुजाआरधना गर्न तथा भजनकृतनमा सहभागी हुन समितिका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णुराम आचार्यले सवै भक्तजनहरुमा अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  २१:५३
प्रतिक्रिया दिनुहोस्