टी–२० विश्वकपको तयारीका लागि सरकारले दियो नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पाँच करोड

बुधबार, फागुन २३, २०८०

काठमाडौं - अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पाँच करोड रुपियाँ सहयोग गरेको छ ।

बंगलाचुली गाउँपालिका

सरकारले यसै  आगामी जुनमा आयोजना हुने विश्वकपमा नेपाली टोलीको तयारीका लागि पाँच करोड रुपियाँ विनियोजन गरेको नेपाल क्रिकेट सङ्घ ९क्यान० ले उल्लेख गरेको छ । 

‘‘यस ऐतिहासिक कदमका लागि नेपाल सरकार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सदस्य सचिव टङ्कलाल घिसिङ सङ्घ हार्दिक आभार व्यक्त गर्दछ,’’ क्यानद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

क्यानले सरकार र राखेपको सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास समेत गरेको छ । नेपालले १० वर्षपछि टी–२० विश्वकप क्रिकेट खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादशेमा भएको टी–२० विश्वकप खेलेको थियो । 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्