शेयर बजार  नौ दशमलव ३३ अङ्कले बढ्यो,३ अर्ब ४५ करोड रुपैयाँको कारोबार

बुधबार, फागुन २३, २०८०
दंगीशरण गाउँपालिका

काठमाडौं - आज  शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव शून्य तीन विन्दुमा पुगेको छ ।

बबइ गाउँपालिका

आज बैंक, जीवन बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै डोल्टी हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज मोलुङ हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले ओरालो लागेको छ ।

आज ९१ लाख ३८ हजार कित्ता शेयर तीन अर्ब ४५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ३३ करोड ३७ लाख रुपैयाँमा किनबेच भएका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्