Breaking : त्रिशूली नदीमा  बस खस्दा,६ जनाको मृत्यु

बुधबार, फागुन २३, २०८०

काठमाडौँ - धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मदन कुँवरले जानकारी दिनुभयो ।


हालसम्म बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको डीएसपी कुँवरले बताउनु भयो ।

उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए । उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको उहाँले बताउनु भयो ।


दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्