विश्वभर फेसबुक र इन्स्टाग्राममा देखियो समस्या,भयो आफै लगआउट

मंगलबार, फागुन २२, २०८०

काठमाडौं -  विश्वभर सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या देखिएको छ । मंगलबार राति एक्कासी फेसबुक र इन्स्टाग्राम आफै लगआउट भएको थियो । त्यसपछि  भने लगइन नै नहुने समस्या देखिरहेको छ ।

बंगलाचुली गाउँपालिका

समस्या देखिएपछि विश्वभरका फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताले गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  २२:१३
प्रतिक्रिया दिनुहोस्