सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
धनगढी - सुदूरपश्चिम प्रदेशककाका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा ९माओवादी केन्द्र० बाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ । मुख्यमन्त्रीले सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गर्नुभएको हो ।
सङ्घमा माओवादीले नेकपा ९एमाले० सहितका दलहरूसँग नयाँ गठबन्धन गरेकाले माओवादीबाट सरकारमा रहेका मन्त्रीहरूलाई बर्खास्त गरेको मुख्यमन्त्री कमलबहादुर शाहले आज पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको छ । मन्त्री बर्खास्त गरेर उहाँले दुवै मन्त्रालयको जिम्मेवारी आफैले लिनुभएको छ ।
सुदूरपश्चिममा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेकपा ९एकीकृत समाजवादी० सहितको संयुक्त सरकार बनेको थियो ।