कर्णाली प्रदेशमा कांग्रेसका तीन मन्त्रीद्वारा राजीनामा

मंगलबार, फागुन २२, २०८०
दंगीशरण गाउँपालिका

सुर्खेत - कर्णाली प्रदेशका तीन मन्त्रीले राजीनामा दिनुभएको छ । मङ्गलबार कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन मन्त्रीले राजीनामा दिनुभएको हो ।

बबइ गाउँपालिका

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, सामाजिक विकास मन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसी संयुक्त रूपमा राजीनामा दिनुभएको हो । उहाँले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा पत्र पेस गर्नुभएको हो ।

उहाँहरू गत वैशाखमा मात्रै मन्त्री बन्नुभएको थियो । उहाँहरूले पत्रकार सम्मेलन गरी आफ्नो कार्यप्रगति समेत सार्वजनिक गर्नुभएको छ । सुशासन प्रवर्द्धन गर्नका लागि नयाँ कार्यक्रमको थालनी गरिएको र बजेट खर्च सुधारमा नीतिगत कुरा समावेश गरिएको अर्थमन्त्री वेदराज सिंहले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्