वाफ महिला च्याम्पियनसिप खेलेका नेपाली राष्ट्रिय महिला टोलीका खेलाडीले जनही ५१ हजार रुपैयाँ पाउने

शनिबार, फागुन १९, २०८०

काठमाडौं - वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलेको नेपाली राष्ट्रिय महिला टोलीका खेलाडीले जनही ५१ हजार रुपैयाँ पाउने भएका छन् । साउदी अरेबियाबाट गएराति स्वदेश आइपुगेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङले जनही ५१ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् ।

बंगलाचुली गाउँपालिका

नेपाली महिला टोली बिहीवार भएको फाइनल खेलमा जोर्डनसँग पेनाल्टी सुट आउटमा ५–३ ले पराजित भएको थियो । आठौँ संस्करणमा जोर्डन छैटौँ पटक च्याम्पियन बन्यो । नेपाल यो प्रतियोगितामा पहिलो पटक सहभागी भएको हो ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्