घोराहीमा   १२ औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को तयारी पुरा

बिहीबार, फागुन १७, २०८०

दाङ  : दाङको घोराहीमा   १२ औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को तयारी पुरा भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवको तयारी पुरा भएको महोत्सव आयोजक मूल समितिले जानकारी दिएको छ ।

बंगलाचुली गाउँपालिका

महोत्सवकालागी आवश्यक भौतिक पूर्वाधार तयारी, स्वागत गेट, शोभायात्राको तयारी लगायतका सम्पूर्ण तयारीहरु पुरा भएको आयोजक मूल समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिनुभयो । महोत्सवकालागी नेपाल सरकारको संघ, प्रदेश, स्थानीय तह, जिल्लाका उद्योग वाणिज्य संघ, विभिन्न निकायहरु, संघसंस्थाहरुसँग समन्वय सहकार्य, पत्राचार, शोभयात्राको तयारी सबै पुरा भएको उहाँले जानकारी दिनुभयो । महोत्सवको प्रचार अन्तरगत पर्चा पप्लेट वितरण, माईकिङ लगायतका कामहरु तीव्र रुपमा भईरहेको उहाँले बताउनुभयो ।
महोत्सव सञ्चालन हुने घोराहीको कृषी सामाग्री केन्द्रको प्राङ्गण ९जिल्ला अदालतको पश्चिमतर्फ० मा मञ्च, स्टल, स्वागत गेट निर्माण भईसकेको भौतिक भौति निर्माण उपसमितिका संयोजक माधव खनालले जानकारी दिनुभयो ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा ९रोज राना०ले गर्नु हुने छ । उद्घाटन हुनुपूर्व शोभायात्रा हुनेछ । बिहान ११ बजेबाट घोराहीको ट्राफिक चोकबाट सुरु भएर निमाहल रोड, गणेश मन्दिर, बैंक रोड, दामोदर चोक, भानु चोक, शहिद गेट हुदै महोत्सव स्थलमा पुग्ने शोभायात्रा आयोजक मूल समितिका सह–संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शोभायात्रामा जिल्लाका १० पालिकाको पनि सहभागिता रहने छ । शोभायात्रामा सहभागी हुन सम्पूर्ण संघसंस्था, टोल विकास संस्था, विद्यालय, वस्तुगत समिति, आमा समूह, युवा क्लब, बाल क्लब, ट्रनिङ सेन्टर, जातजाति समूह लगायत सम्पूर्णमा सहभागी हुन दाङ जिल्ला उद्योग वाणिज्य संघले आह्वान गरेको छ । साथै महोत्सव आयोजक दाङ जिल्ला उद्योग वाणिज्य संघले शोभायात्रालाई भव्य रुपमा स्वागत गर्न टोल विकास संस्था, घरबेटी तथा व्यवसायीहरुलाई अध्यक्ष बसन्त जोशी र महासचिव महेन्द्र बुढाथोकीले विज्ञप्ती निकालेर अनुरोध गर्नुभएको छ । शोभायात्रा रुटमा पर्ने सम्पूर्ण टोल विकास संस्था, घरबेटी तथा व्यवसायीहरुमा कलश, घडा सजावटका साथ राखेर स्वागत गर्न विज्ञप्तीमार्फत अनुरोध गर्नुभएको छ । साथै उद्योग वाणिज्य संघले ऐतिहासिक १२ औँ अन्तराष्ट्रिय महोत्सवमा सहभागी हुन सम्पूर्ण दाङ लगायत लुम्बिनी प्रदेशबासीहरुमा आह्वान गर्नुभएको छ ।

दाङको विभिन्न पर्यटन तथा व्यवसायिक क्षेत्रहरुमा टेवा पु¥याउने, आर्थिक संकटको बेलामा पनि आर्थिक चलायनमान गराउने, दाङ सहित लुम्बिनी प्रदेशकै कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराउन भूमीका खेल्ने, विभिन्न देशहरुको कला संस्कृतिको जिल्लामै बसेर जिल्लाबासीहरुलाई अवलोकन गराउने लगायतका उद्धेश्य राखेर आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा नेपाल सहित १३ देशका ३ सय बढि कलाकारहरुको प्रस्तुति रहने छ ।

महोत्सवको पहिलो दिन फागुन १८ गते स्थानीय झाँकी सहित शोभायात्रासँगै महोत्सवको उद्घाटन गरिनेछ भने फागुन १९ र २० गते नेपाली सांगितिक क्षेत्रका कलाकारहरुको प्रस्तुति रहने छ । यस्तै फागुन २१ गते नेपाल सहित १३ देशका ३ सय बढि कलाकारहरुको प्रस्तुति रहने छ । जसमा नेपाल, अष्ट्रिया, बेल्जियम, बोट्रसवाना, ईस्टोनिया, जर्मन, भारत, इजरायल, मलेसिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया लगायत देशका कलाकारहरुको प्रस्तुति रहने छ ।
१२ औँ अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा प्रवेशकालागी एक सय रुपैयाको टिकट शुल्क निर्धारण गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले यसअघी वि।स २०६८ मा अन्तराष्ट्रिय लोकसांस्कृति महोत्सव आयोजना गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्