चार लाख ४२ हजार बीमालेख जारी, उठाए साढे १२ अर्ब शुल्क

बुधबार, माघ १०, २०८०

काठमाडौं  - एक महिनामै जीवन बीमा कम्पनीहरुले १२ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । गत पुस महिनामा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले १२ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।  

बंगलाचुली गाउँपालिका

यस अवधिमा कम्पनीहरुले ४ लाख ४२ हजार ६०६ वटा बीमालेख जारी गरेका थिए । त्यस्तै, जीवन बीमा कम्पनीहरुले पुस महिनामा प्रथम बीमाशुल्कबाट २ अर्ब ८४ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् भने ९ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ नवीकरण मार्फत बीमाशुल्क संकलन गरेका छन् ।  

बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म जीवन बीमा कम्पनीहरुले ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा कम्पनीहरुले १३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् भने ६० अर्ब ४० करोड ३८ लाख रुपैयाँ नवीकरणबीमा शुल्क संकलन गरेका हुन् ।   

गत पुस महिनामा मात्रै राष्ट्रिय जीवन बीमा कम्पनीले २३ करोड ३१ लख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब ४० करोड ५५ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब २६ करोड २३ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल०ले एक अर्ब ७० करोड ६१ लाख र मेट लाइफले ४९ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

त्यस्तै, पुस महिनामा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ७० करोड ३९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ४७ करोड ७ लाख रुपैयाँ संकलन गरेको छ । यस अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३३ करोड ८ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४० करोड ६ लाख, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ३२ करोड ७५ लाख र सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६४ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।  

त्यसैगरि, यस महिनामा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ४८ करोड ५९ लाख रुपैयाँ बीमाशुलक संकलन गर्दा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब २९ करोड ४५ लाख रुपैयाँ संकलन गरेको छ । यस महिना प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ३६ करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको बीमा प्राधिकरणले जनाएको छ ।   

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  २०:४२
प्रतिक्रिया दिनुहोस्