विकासको कामले सिंहदरबार तात्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

बिहीबार, फागुन १७, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो संकेत नभएको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 

बंगलाचुली गाउँपालिका

उहाँले नीति, कार्यक्रम र बजेटबिच तादात्म्य नमिल्दा परिणाम आउन नसकेको बताउनुभयो । उहाँले मन्त्रालयहरु तथा अन्य निकायले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो नभएको चर्चा गर्नुभयो । उहाँले यो स्थिति जटिल परिस्थितिको संकेत भएको बताउनुभयो । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बिचमा पनि एकले अर्कालाई प्रभाव पार्नेगरी नकारात्मक असर गरिरहेको चित्र देखिएको बताउनुभयो । 

उहाँले प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महशुस गरेमा त्यसको प्रभाव राजनीतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्ने बताउनुभयो । उहाँले अहिले एकले अर्कालाई कसरी ढाड्स दिन र सहयोग गर्न सकिन्छ भन्ने चुनौती रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नीति, कार्यक्रम र बजेटबिच तादात्म्य नमिल्दा परिणाम आइरहेको छैन । मन्त्रालयहरु तथा अन्य निकायले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुका अनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु पक्कै पनि सकारात्मक सन्देशको संकेत होइन । यो निकै नै जटिल परिस्थितिको संकेत हो । यसले हामी राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वबिचमा पनि एकले अर्कालाई प्रभाव पार्नेगरी नकारात्मक असर गरिरहेको चित्र देखिन्छ । प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महशुस गरेमा त्यसको प्रभाव राजनीतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्छ । राजनीतिक नेतृत्वमा कुनै किसिमको असहजता देखा पर्दा त्यसको प्रभाव प्रशासनमा पर्दछ । 

यो अन्तरबिरोधलाई पनि समयमै चिनेर त्यसलाई हल गर्ने उपाय खोज्नुपर्ने उहाँले चर्चा गर्नुभयो । त्यसमा दृढताकासाथ अघि बढ्नुपर्छ भन्नुभयो । ‘एकले अर्कालाई कसरी ढाड्स दिन र सहयोग गर्न सकिन्छ भन्ने चुनौती छ । सिंहदरबारको स्थिति कस्तो छ भन्ने समीक्षा गर्दा सिंहदरबार त विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा त्यस्तो नभइरहेको अनुभुति हामीलाई भएको छ । कामकाजलाई नयाँ गति दिने संकल्प गरिएको थियो तर एक दुई महिना बित्दा नबित्दै शिथिल हुन खोजेको छ’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सिंहदरबार विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा सेलाएको महशुस आफूले गरेको बताउनुभयो । उहाँले कामकाजलाई नयाँ गति दिन गरिएको संकल्प पनि दुई महिना नबित्दै शिथिल भएको बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्