सर्वोत्तम सिमेन्टको आईपीओमा मागभन्दा १९ गुणा बढीको आवेदन 

बिहीबार, फागुन १७, २०८०

काठमाडौं - सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओका लागि मागभन्दा १९ गुणा बढीको आवेदन परेको छ । १० लाख १२  हजार ३८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो कम्पनीको शेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी साढे ९ लाख भन्दा धेरैले शेयर पाउँदैनन् ।

बंगलाचुली गाउँपालिका

सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने हिजो अन्तिम दिन थियो । कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता मात्रै बाँडफाँट गर्नेछ । न्यूनतम ५० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्