मगर संस्कृति जोगाउन आबश्यक छ :मन्त्री धनबहादुर मास्की

मंगलबार, फागुन १५, २०८०

 दाङ - लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले मगर एकता दिवसको शुभकामना दिनु भएको छ। मंगलबार ४२ औं एकता दिवसका अवसरमा मंगलबार एक विज्ञप्ति जारी गरि मन्त्री मास्कीले  विश्वभरि छरिएर बसोबास गर्दै आएका मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनु अहिलेको आबश्यकता रहेको बताउनु भयो ।

बंगलाचुली गाउँपालिका

 दिवसले सम्पूर्ण नेपालीहरुमा आपसी मित्रता,भाइचारा,बनधुत्व,सद्भाव र सहिष्णुताको साथै मगर एकता सधै कायम राख्ने उद्देश्य बोकेर अगाडी बढेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।

मगर जातिको जातीय भूमि,भाषा,मौलिक संस्कार,कला,संस्कृति छन् । त्यसलाई संरक्षण गर्नु नयाँ पुस्ताको दायित्व रहेको मन्त्री मास्कीले बताउनु भयो । कला,संस्कार,संस्कार,संस्कृति गहना रहेको भन्दै त्यसले पर्यटक भित्र्याउने समेत बताउनु भयो । 

430163854_362694956606052_5861967779665335346_n-1709040837.jpg
 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्