जनताका मौलिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छ  उपप्रधानमन्त्री पूर्णबहादुर खड्का

मंगलबार, फागुन १५, २०८०

काठमाडौं - उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानमा लेखिएका जनताका मौलिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका जनताका मौलिक हक कार्यान्वयनतर्फ सरकार लागिरहेको बताउनुभयो ।

बंगलाचुली गाउँपालिका

“संविधानमा उल्लेख भएका जनताका मौलिक हक कार्यान्वयनका लागि राजनीतिक दलहरूको एकताबद्ध प्रयास आवश्यक छ” आज सुर्खेतको गुर्भाकोटमा सामुदायिक आँखा उपचार केन्द्र (सर्जिकल) भवनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उपप्रधानमन्त्री खड्काले विकासको आकाङ्क्षा र आवश्यकता समयअनुसार बढ्दै जाने उहाँको भनाइ छ। उहाँले पूर्वाधार निर्माण गर्दा दूरदृष्टी आवश्यक रहेको चर्चा गर्नुभयो । 

आजका लागि नभई भावी पुस्ताका लागि पनि आधार र जग बन्नेगरी पूर्वाधार निर्माण जरुरी रहेको उहाँले चर्चा गर्नुभयो । “कुनै पनि विकास निर्माण काम गर्दा आजका लागि होइन, पछिल्लो पुस्ताका लागि पुग्नेगरी काम गर्नुपर्छ” उपप्रधानमन्त्री खड्काले भन्नुभयो ।

उपप्रधानमन्त्री खड्काले राजनीति गर्नेहरू लोभ, डर, स्वार्थबाट मुक्त हुँदै पारिवारिक घेराभन्दामाथि उठेर सिङ्गो देशका लागि काम गर्ने भावनाप्रति समर्पित हुन जरुरी रहेको बताउनुभयो । “अहिलेको नयाँ परिस्थितिले त्यो खालको राजनीतिक सोच, प्रतिबद्धता र सङ्कल्पको आवश्यकता ठानेको छ” उहाँले भन्नुभयो, “राजनीतिक, भौगोलिक र सामाजिक चुनौतीहरू सामना गर्न राजनीति गर्नेमा इमान, निष्ठा र समर्पणको आवश्यकता छ ।”

उहाँले लोभबाट मुक्त हुनेहरू डरबाट मुक्त हुने बताउनुभयो । “यी सबै कुराबाट खारिएर उभिन सक्नेले समाज, गाउँ, क्षेत्र, प्रदेश र सिङ्गो राष्ट्रको उन्नति र प्रगतिका लागि योगदान दिनसक्छ, त्यसका लागि नेतृत्व गर्न सक्छ भन्ने नागरिकको अपेक्षा छ । त्यो खालको सोच भएकाहरूको एकताबद्ध राजनीतिक दलहरूको प्रयासका आधारमा चुनौती सामान गर्न सकिने उहाँको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्