भजनशिरोमणि गायक भक्तराज आचार्यको  निधन

सोमबार, फागुन १४, २०८०

काठमाडौं - भजनशिरोमणि गायक तथा सङ्गीतकार भक्तराज आचार्यको आज निधन भएको छ । उहाँ ८२ वर्षको हुनुहुन्थ्यो ।

बंगलाचुली गाउँपालिका

आचार्य विगत केही समयदेखि बिरामी हुनुहुन्थ्यो । आचार्यलाई उपचारका लागि ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको हो । उहाँको शव भोलि बिहान अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । त्यसपछि भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ ।

आचार्यले मुटु जलिरहेछ, हजार सपनाको माया लागेर आउँछ, जति चोट दिन्छ्यौ देऊ मायालु, माया मेरी साँझ बनी जस्ता गीतहरू गाउनुभएको छ । साथै उहाँले थुप्रै भजन, राष्ट्रिय गीत पनि गाउनुभएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १९:४४
प्रतिक्रिया दिनुहोस्