जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले  लिनुपर्छ : मन्त्री रेखा शर्मा

सोमबार, फागुन १४, २०८०

काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताउनुभएको छ ।

बंगलाचुली गाउँपालिका

बलिदान दिवस तथा सहिद सप्ताहका अवसरमा अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेजमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नयाँ पुस्ता नयाँ उत्साह र योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

माओवादीले जनयुद्ध गरेपछि २०५२ साल फागुन १४ गते तत्कालीन सरकारद्वारा दिलबहादुर रम्तेल मारिएको स्मरणमा अखिल क्रान्तिकारीले हरेक वर्षको फागुन १४ गतेलाई बलिदान दिवसको रूपमा मनाउँदै आएको छ । फागुन १४ को रम्तेले हत्यादेखि फागुन २१ को सुखानी हत्याकाण्डसम्मलाई जोडेर माओवादी केन्द्रलगायतका दलहरूले सहिद सप्ताह मनाउँदै आएका छन् ।

सोही क्रममा अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माओवादी स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री शर्माले अघिल्लो पुस्ताको बलिदानका आजको पुस्ताले राजनीतिक स्वतन्त्रता प्राप्त गरेको बताउनुभयो । ‘‘आजको तपाईँको पुस्ता यसकारण भाग्यमानी हो, जसले निरङ्कुशता भोग्नुपरेको छैन । जेल, नेल, यातना सहनुपरेको छैन,’’ उहाँले भन्नुभयो, ‘‘हिजोको पुस्ताले बगाएको आशु, रगत र पसिनाको योगफल नै आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो, यसकै परिणाम आजको पुस्ता स्वतन्त्रताको खुला आकाशमा रमाउन पाएको छ ।’’

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्