सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले बढ्यो

सोमबार, फागुन १४, २०८०

काठमाडौं - हप्ताको पहिलो दिन आज सुनकोे मुल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोवार भएको सुनको मूल्य आजका लागि एक लाख १८ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

यस्तैगरी चाँदीको मुल्य पनि तोलाको पाँच रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्