घर भत्किँदा एक जनाको मृत्यु

आइतबार, फागुन १३, २०८०

मनाङ - मनाङ  जिल्लाको ङिस्याङ गाउँपालिका–४ मनाङ गाउँका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर गोरखा धार्चे गाउँपालिका–६ का ३७ वर्षीय वीरबहादुर घलेको मृत्यु भएको छ । घर मर्मत गर्ने ९ कामदारमध्ये ७ जनाको सकुशल उद्धार गरिएको छ भने १ कोसामान्य चोट लागेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो । 

बंगलाचुली गाउँपालिका

मनाङ ङिस्याङ गाउँपालिका–४ मनाङ गाउँका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर घलेको मृत्यु प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भान्सा रहेको सो घर हिमपातपछि पानी चुहिने समस्या देखिएको थियो । उहाँले भन्नुभयो– ‘बुधबारदेखिको भारी हिमपातपछि घरमा पानी चुहिने समस्या देखिएको रहेछ । सो घर मर्मतका क्रममा भत्किएको हो । 

माटोले पुरिएका कामदारको नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो । मृतक घलेको शव पोस्टमार्टमका लागि चामे पठाइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘माटोले पुरिँदा एक जनाको टाउकोमा सामान्य चोट लागेकोमा प्राथमिक उपचार गरिएको छ भने अन्यको सकुशल उद्धार गरिएको छ ।’ उहाँका अनुसार घरमा हिउँ बढी जमेपछि पानी चुहिने समस्या देखिएको थियो।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्