अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपाली स्वदेश फिर्ता

शुक्रबार, फागुन ११, २०८०

काठमाडौँ  - अवैध बाटो  अथवा तल्लो बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । 

बंगलाचुली गाउँपालिका

“अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, उहाँले भन्नुभयो, “हिजो उनीहरु आफन्तकहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझ्नेछौँ ।”

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्