नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई २ विकेटले हरायो

मंगलबार, फागुन ८, २०८०

काठमाडौं - दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई २ विकेटले हराएको छ ।

बंगलाचुली गाउँपालिका

क्यानडाले दिएको २ सय ४१ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेटायो । नेपालका कप्तान सन्दीप जोराले ६६, बसिर अहमदले ५२, रशिद खानले ४७ रन बनाए । क्यानडका अमोर खलिद, शाहिद अहमदजाई र निखिल दत्तले समान २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको क्यानडा अन्तिम बल बाँकी छँदा २ सय ४० रनमा अल आउट भयो । क्यानडाका श्रेयस मोभाले ६८ रन बनाए । नेपालका शाहब आलमले ३ विकेट लिए ।

यो जितसँगै ३ खेलको शृङ्खलामा १–१ को बराबरी भएको छ । पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । शृङ्खलाको अन्तिम खेल पर्सि बिहीवार हुनेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्