सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौं : आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनमा भएको खेलमा नेपालले ५० ओभरमा सबै विकेट गुमाएर १ सय ९७ रन बनायो । नेपालका बिपिन रावलले सर्वाधिक ३९ रन बनाए । यस्तै दीपक डुम्रेले २६, कप्तान देव खनालले २३, सुवास भण्डारीले २० रन जोडे । पाकिस्तानका अरफत मिनहासले ३ विकेट लिए ।
प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । समूह ‘डी’ मा रहेको नेपालले अब पर्सि अफगानिस्तानसँग खेल्नेछ ।
प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।