लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

सोमबार, फागुन ७, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताउनुभएको छ ।

बंगलाचुली गाउँपालिका

काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजित राष्ट्रिय प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिनुभयो । सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै उहाँले कुल गार्हस्थ्य उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको जिम्मेवारी रहेको बताउनुभयो ।

परम्परागत विकासको मोडेल पुनरावलोकन गरी उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्ने भन्दै उहाँले रोजगारीका अवसरहरू सिर्जना गरी बौद्धिक पलायन रोक्ने, युवाहरूमा आशाको रक्तसञ्चार भर्ने र नेपाललाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्ने सबैको दायित्व रहेको उल्लेख गर्नुभयो ।

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुने भएकाले यस व्यवस्थामा देखिएका कमजोरीको समाधानसमेत यहीँ व्यवस्थाभित्र मात्रै सम्भव रहने प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्