बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

गोरखा स्कुल घोराहीमा तीन दिने कथा लेखन कार्यशाला सम्पन्न

सोमबार, वैशाख १५, २०८२

दाङ,१५ बैशाख - बरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माले सभ्य समाज निर्माण गर्न मानवीय मूल्यमा आधारित शिक्षा आवश्यक रहेको बताउनुभएको छ । गोरखा इन्टरनेशनल पव्लिक सेकेण्डरी स्कुल घोराहीले आफ्ना विद्यालयका बालबालिकाका लागि आयोजना गरेको तीन दिने कथा लेखन कार्यशाला समापनलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

उहाँले सभ्य समाजका लागि असल नागरिक आवश्यक रहेको र असल नागरिक तयार पार्न मानवीय मूल्यसहितको शिक्षा आवश्यक रहेको बताउनुभयो । मुलुकमा शिक्षित र दक्ष जनशक्ति बढ्दै जानु राम्रो भए पनि तिनैले बढी भ्रष्टाचार गरिरहेको, अन्याय अत्याचार गरिरहेको उल्लेख गर्दै शर्माले जान्नेसुन्ने र ठूला भनिनेहरुले नै देश बिगारिरहेकाले जो जुन पेशा र क्षेत्रमा क्रियाशील भए पनि उसलाई असल बनाउने शिक्षा आवश्यक रहेको बताउनुभयो ।

उहाँले विश्वमा भाषा र लिपिको विकास हुनुभन्दा पहिलेदेखि नै एकले अर्कोलाई कथा सुनाउने प्रचलन रहेकाले कथा विधा मानव सभ्यताको महत्वपूर्ण विधा रहेको बताउनुभयो । शर्माले विश्वमा सयौं वर्षअघिदेखि कथा विधाको विकास भए पनि नेपाललमा शासकहरुले जनताका छोराछोरीसम्म चेतनाको जागरण पुग्न नदिएकाले ९० वर्षअघि अर्थात विसं १९९२ देखि मात्रै कथा प्रकाशनको इतिहास सुरु भएको र त्यसको आरम्भ शारदा पत्रिकाले गरेको बताउनुभयो । उहाँले कथा समाजकै उपज भएकाले यसले मानिसको मन छुनुपर्ने बताउनुभयो । कथा, कविता लगायत साहित्यका सबै विधाले समाजलाई असल बनाउने र देशलाई अगाडि बढाउनुपर्ने उल्लेख गर्दै उहाँले साहित्यको रचना अग्रगमनका लागि हुनुपर्ने उहाँले बताउनुभयो ।

साहित्यकार सुन्दर गौतमले सभ्य समाज निर्माण गर्न असल शिक्षक र असल साहित्यकार आवश्यक रहेको बताउनुभयो । उहाँले असल शिक्षकले असल नागरिक तयार पार्ने र असल साहित्यकार बेथितिविरुद्ध बोल्ने भएकाले यसतर्फ जोड दिनुपर्ने बताउनुभयो ।

नेपाल बाल साहित्य समाजका अध्यक्ष एवं प्रशिक्षक विजयराज आचार्यले कक्षा कोठा विभिन्न विधाका प्रतिभाहरुको संगमस्थल भएकलाई उनीहरुको पहिचान गरी सहजीकरण गर्नु नै आजको साँचो र प्रगतिशील शिक्षण विधि भएको बताउनुभयो । अभिभावक र शिक्षकको रोजाइमा होइन बालबालिकाको रुचिका आधारमा अध्ययन अध्यापन अघि बढाउनुपर्ने र कथा लेखन बाल मनोविज्ञानको महत्वपूर्ण उपचार विधि पनि भएको उहाँले स्पष्ट गनुभयो ।

विद्यालयका प्राचार्य मानसिंह घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती साहित्य परिषद्का अध्यक्ष डा. टीकाराम उदासी र प्याव्सन घोराहीका अध्यक्ष बालकृष्ण ओली शुभकामना दिनुभएको थियो । सो क्रममा कार्यशालामा सहभागी विद्यार्थीहरु प्रतिक्षा चौधरी, सदीक्षा बुढा मगर, सम्झना बुढा मगर, प्रिन्सिका पोख्रेल, आज्ञा धिताल, अनिशा ओली, चिनाची घर्ती मगर र श्रेया धितालले कथा वाचन गर्नुभएको थियो ।

सहभागीको तर्फबाट विद्यार्थीहरु शिशिर पोख्रेल, वर्षा पोख्रेल, सफल ओली, आशिका बुढा र आशिका ओलीले कार्यशालाको अनुभूति राख्नुभएको थियो । विद्यार्थी अनुभूति बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चालक विद्यार्थीहरु संज्ञान अधिकारी र सनिसा बुढाले गर्नुभएको थियो । साभार : खाेज रफ्तार

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  २०:००
प्रतिक्रिया दिनुहोस्