थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा धरौटीमा रिहा 

सोमबार, फागुन ७, २०८०

एजेन्सी - थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा धरौटीमा रिहा भएका छन् ।  भ्रष्टाचार र शक्ति दुरुपयोगको मुद्दामा दोषी ठहर भएका सिनावात्रा जेलबाट रिहा भइ घर बैङ्कक गएका छन् ।

बंगलाचुली गाउँपालिका

दोषी ठहर भइ एक वर्ष जेल सजाय प्राप्त गरेका अर्बपति सिनावात्रा पुलिस अस्पतालबाट नै छाडिएका बीबीसीले जनाएको छ । गएको अगस्टमा थाइल्यान्ड फर्किएलगत्तै ७४ वर्षीय सिनावात्रालाई पक्राउ गरिएको थियो। सिनावात्रा १५ वर्षको स्वःनिर्वासनमा गएका थिए ।

स्वास्थ्य स्थितिको समस्या देखाइरहेका सिनावात्रा कुनै दिन पनि जेलमा बसेनन् । सिनावात्रालाई सुनाइएको ८ वर्षको सजायलाई थाइल्यान्डका राजाले एक वर्षमा घटाएका थिए त्यो पनि उनलाई पूरा गर्नु परेन । थाइल्यान्डका धेरै नागरिकले यो मुद्दालाई चौतर्फी रुपमा विरोध गर्दै धनाढ्य र पहुँचवालालाई प्रदान गरिने विशेषाधिकारको आलोचना गरिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्