बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

ग्लोबल ओरियन्स नेपाल घोराही शाखाद्वारा ८३ जनाद्वारा रक्तदान

आइतबार, वैशाख १४, २०८२

दाङ, १४ वैशाख - ग्लोबल ओरियन्स नेपालको पाँचौ वार्षिक उत्सवका अवसरमा घोराही शाखाले रक्तदान कार्यक्रम गरेको छ । स्वास्थ्य र सौन्दयका नेपाली उत्पादनलाई प्राथमिकतामा राखी आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सामग्रीहरु बिक्री गर्दै आएको ग्लोबल ओरियन्स नेपालको वार्षिक उत्सवका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेको घोराही शाखाका अस्मिता चौधरीले बताउनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

ओरियन्सका मिसन भट्टराईका अनुसार रक्तदान नै जिवनदान भन्ने कुरालाई आत्मसाथ गर्दै ग्लोबल ओरियन्स नेपाल घोराही शाखामा जोडिएका युवाहरुद्वारा रक्तदान गरिएको बताउनुभयो । रक्तसञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा ८३ जनाले रक्तदान गरेका थिए ।

रक्तसञ्चार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपानेसहितको टोलीले कार्यक्रममा सक्रिय सहभागिता जनाएको थियो । प्रमुख न्यौपानेले ग्लोबल ओरियन्स नेपाल घोराही शाखाप्रति कार्यक्रम आयोजनाका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विगतका वर्षहरुमा पनि शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको स्मरण गर्दै यस किसिमका सामाजिक कार्यले समुदायमा सकारात्मक सन्देश फैलाउँछ र संकटको बेला रगतको अभाव हुन नदिन मद्दत पुर्याउने बताउनुभयो ।

स्वास्थ्य र सौन्दयका नेपाली उत्पादनलाई प्राथमिकतामा राखी आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सामग्रीहरु बिक्री गर्दै आएको ग्लोबल ओरियन्सले आयोजना गरेको कार्यक्रममा रक्तदान गरेका युवाहरुले रक्तदानले आफैमा विशेष सन्तुष्टि र मानवीय कर्तव्य पूरा गरेको महसुस गराएको बताएका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  २२:०२
प्रतिक्रिया दिनुहोस्