बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

आइतबार, वैशाख १४, २०८२

मसुरीया,१४ बैशाख - दाङको राप्ती गाउँपालिकामा पशुपालन सम्बन्धी असल अभ्यास कार्यान्वयन निर्देशिका २०८० को अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरवार, काठमाडौँको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रममा तीनै तहका पशु स्वास्थ्य तथा पशुपालन सम्बन्धी कर्मचारी र कृषकहरूलाई लक्षित गरी अभिमुखीकरण गरिएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

कार्यक्रममा मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत जीवराज पौडेलले निर्देशिकाको उद्देश्य, महत्व र कार्यान्वयन विधिबारे विस्तृत जानकारी दिनुभयो। उहाँले पशुपालन क्षेत्रको सुधार र व्यवस्थित प्रणाली विकासका लागि निर्देशिका महत्वपूर्ण हुने बताउनुभयो। "पशुपालनमा वैज्ञानिक विधि अपनाएर मात्र दिगो कृषि प्रणाली स्थापना गर्न सकिन्छ," पौडेलले भन्नुभयो।

त्यस्तै, लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डितले निर्देशिकाले पशुपालन व्यवसायमा पारदर्शिता र गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले पशुपालक किसानहरूलाई समयअनुसारको प्रविधि र व्यवसायिक सोच अपनाउन प्रेरित गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने धारणा राख्नुभयो।

वरिष्ठ पशु विकास अधिकृत हरिनारायण प्रसाद थारुले पशुपालन क्षेत्रमा भित्रिएको नयाँ प्रविधि र सुधारका अभ्यासहरूको उदाहरण प्रस्तुत गर्दै कार्यान्वयनमा स्थानीय तहको भूमिकाको आवश्यकता औंल्याउनुभयो।

राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले गाउँपालिकाले पशुपालन व्यवसायलाई प्राथमिकता दिएको बताउँदै निर्देशिकालाई प्रभावकारी कार्यान्वयन गर्न पालिका सधैँ प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।WhatsApp-Image-2025-04-27-at-8.43.55-PM-1745770215.jpeg
कार्यक्रममा दाङ देउखरी क्षेत्रका चारवटै स्थानीय तहका साथै छिमेकी जिल्ला प्युठानको सरुमारानी गाउँपालिका, अर्घाखाँचीको सितगंगा नगरपालिका र कपिलवस्तुको शिवराज नगरपालिकामा कार्यरत पशु शाखा अधिकृत, पशु चिकित्सक, प्राविधिक तथा पशुपालक कृषकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशु चिकित्सक पुजा बरालले गर्नुभएको थियो।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  २१:५६
प्रतिक्रिया दिनुहोस्