बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट

आइतबार, वैशाख १४, २०८२

मसुरीया, १४ वैशाख - दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नसर्ने रोगहरूको बढ्दो जोखिम नियन्त्रण गर्न सन्तुलित खानपान, नियमित शारीरिक गतिविधि र प्रविधिको सन्तुलित प्रयोग अनिवार्य रहेको बताउनुभएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा आइतबार आयुर्वेद चिकित्सालय तुलसीपुर दाङको आयोजनामा सम्पन्न ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अभियान अन्तर्गत नसर्ने रोग न्यूनीकरण तथा स्वस्थ जीवनशैली प्रवर्द्धनसम्बन्धी एकदिने कार्यक्रममा अध्यक्ष विष्टले आधुनिक जीवनशैलीले निम्त्याएको स्वास्थ्य समस्याप्रति चिन्ता व्यक्त गर्नुभयो।

उहाँले आजको व्यस्त र आरामदायी जीवनशैलीका कारण खानपान बिग्रँदै गएको, शारीरिक गतिविधि घट्दै गएको र प्रविधिको अत्यधिक प्रयोगले स्वास्थ्यमा नकारात्मक असर परेको उल्लेख गर्नुभयो। अध्यक्ष विष्टले दैनिक जीवनमा सन्तुलित भोजन सेवन गर्न, कम नुन, कम चिनी र कम बोसोयुक्त खाद्यपदार्थ रोज्न, प्रशस्त फलफूल तथा ताजा तरकारी खान र नियमित रूपमा कसरत गर्न आग्रह गर्नुभयो।

त्यस्तै, उहाँले मोबाइल फोन र डिजिटल उपकरणको अत्यधिक प्रयोगले विशेषगरी बालबालिका तथा युवाको मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक प्रभाव परेको बताउनुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गा लक्ष्मी श्रेष्ठले पछिल्लो समयमा नसर्ने रोगहरूको जोखिम तीव्र गतिमा बढिरहेको भन्दै समयमै सजग र सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले उपचार मात्र नभई रोग लाग्नै नदिने रणनीतिमा जोड दिनुभयो। साथै, सचिव श्रेष्ठले संघ सरकारले नसर्ने रोग प्रभावित बिरामीहरूलाई एक लाख रुपैयाँसम्म र प्रदेश सरकारले दुई लाख रुपैयाँसम्म उपचार खर्च सहयोग गरिरहेको जानकारी दिनुभयो।

कार्यक्रम आयुर्वेद चिकित्सालय तुलसीपुरका कार्यालय प्रमुख डा. मदनकुमार बिसीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँ कार्यपालिका सदस्य चम्फा भुसाल, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, खुरुरिया सामुदायिक स्वास्थ्य इकाइ प्रमुख कमला न्यौपाने, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
चिकित्सालयका वरिष्ठ निरीक्षक वैद्य विष्णुप्रसाद पन्थीकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण डा. कैलाश न्यौपानेले गर्नुभएको थियो।

कार्यक्रममा सहभागीहरूले नसर्ने रोग न्यूनीकरण तथा स्वस्थ जीवनशैली सम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्