नेपाली कांग्रेसको महासमिति  आज आजदेखि शुरु हुँदै 

सोमबार, फागुन ७, २०८०

काठमाडौं - नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा शुरु हुँदैछ । बैठकको दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

बंगलाचुली गाउँपालिका

कांग्रेस महासमिति बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने भएका छन् । बैठकमा केन्द्रीय समितिका १ सय ६५ जना, सङ्घीय निर्वाचन क्षेत्रबाट १ हजार ७ सय ८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, ७७ जिल्लाका सभापतिलगायत सहभागी हुने कांग्रेसले जनाएको छ।

बैठकमा नीति, साङ्गठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस गरिने छ। नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुहुनेछ । यस्तै, महामन्त्री गगन थापाले साङ्गठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक प्रतिवेदन बैठकमा पेस गर्नुहुनेछ।

प्रवक्ता डा। प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन तथा लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुहुने कांग्रेसले जनाएको छ। 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्