दाङकाे तुलसीपुरमा लालपुर्जा वितरणका लागि सुरु भयो जग्गा नापजाँच

बिहीबार, वैशाख ११, २०८२

दाङ,११ बैशाख - लालपुर्जा वितरणका लागि दाङकाे तुलसीपुर उपमहानगरपालिका – ६ मा आजदेखि जग्गा नापजाँचको काम सुरु भएको छ । भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गाको पुर्जा वितरणका लागि जग्गा नापको कार्य सुरु गरिएको हो । पहिलो चरणमा राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा वडाको शिवशक्ति टोलमा जग्गा नाप्न सुरु गरिएकाे छ । यस अघि सोही वडाबाट जग्गा नापको काम सुरु भएकोमा आयोग विघटन भएपछि काम स्थगन भएको थियो । वडा नम्बर ६ को कावा अध्यक्ष यमुना परियारको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्य एवं राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष हुकुम बस्नेतको विशिष्ट आतिथ्यमा एक कार्यक्रममा बिच जग्गा नापको काम सुरु भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

नगर प्रमुख टिकाराम खड्काकाले पालिकाभित्र अहिले २३ हजारको निवेदन दर्ता भएको बताउनुभयो । आफु निर्वाचित भएपछि पहिलो बैठकबाट लालपूर्जा वितरण गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेतापनि पटक पटक आयोग विगठन हुँदा कार्यान्वयनमा समस्या आएको उहााले बताउनुयभो । उपमहानगरले जग्गा उपभोग कार्ड वितरण गरेको हुँदा उक्त कार्डले समेत जग्गा नापमा सहजता मिल्ने नगर प्रमुख खड्काले बताउनुभयो । दलितलाई पहिलो प्राथमिकतामा राखेर लालपूर्जा वितरण गरिने समेत उहाँले बताउनुभयो ।

त्यस अवसरमा बोल्दै आयोगका अध्यक्ष बस्नेतले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पुर्जा बाड्नका लागि जग्गा नापजाँच कार्य अगाडि बढाइएको बताउनुभयो  । देउखुरीमा पहिलो चरणको पुर्जा बाड्ने काम अन्तीम चरणमा रहेको बताउँदै तुलसीपुरमा सुरुमा भूमिहीन दलितलाई लालपूर्जा वितरण गरिने अध्यक्ष बस्नेतले बताउनुभयो ।

वडा सदस्य देवि पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, मालपोत कार्यालय तुलसीपुरका प्रमुख खिम बहादुर खडका, नापी कार्यालयका प्रमुख झमलाल गाहा, कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्मा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सदस्य यमराज केसीले गरेका थिए । साभार तुलसीपुर खबर

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्