सामसङ ग्यालेक्सी ए१५ फाइभजी स्मार्टफोन नेपाली बजारमा सार्वजनिक

सोमबार, फागुन ७, २०८०

काठमाडौं  -  सामसङ ग्यालेक्सी ए१५ फाइभजी स्मार्टफोन  नेपाली बजारमा सार्वजनिक भएको छ । सामसङले भर्खरै यो स्मार्टफोन भित्र्याएको हो । यो स्मार्टफोन भोलिदेखि नेपाली बजारमा उपलब्ध हुनेछ ।

बंगलाचुली गाउँपालिका

यो स्मार्टफोनमा एफएचडी प्लस रेजोल्युसन भएको ६ दशमलव ५ इन्चको सुपर एमोलेड डिस्प्ले छ । ९० हर्ज रिफ्रेस रेट सहितको डिस्प्ले गर्दा स्क्रोल गर्दा, ट्याप गर्दा वा स्वाइप गर्दा सहज हुने कम्पनीले जनाएको छ । यसमा अत्याधुनिक मिडिया टेक डाइमेन्सिटी ६१०० प्लस चिपसेट राखिएको छ । यो स्मार्टफोन विभिन्न भेरियन्टमा उपलब्ध छ ।

यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो लेन्स रहेको छ । १३ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको यसमा २५ वाटको वायर्ड चार्जिङ सहित ५००० एमएएचको ब्याट्री छ । यो स्मार्टफोन कालो निलो, निलो र हल्का निलोमा उपलब्ध छ ।

यो स्मार्टफोन विभिन्न भेरियन्टमा उपलब्ध छ । नेपाली बजारमा ६र१२८ जीबी भेरियन्टको मूल्य २७ हजार ९ सय ९९, ८र१२८ जीबी भेरियन्टको २९ हजार ९ सय ९९ र ८र२५६ जीबी भेरियन्टको ३३,९ सय ९९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्