जिसस रोल्पाले गर्याे रुन्टीगढी गाउँपालिकामा अनुगमन

बिहीबार, वैशाख ११, २०८२

रोल्पा,११ बैशाख - जिल्ला समन्वय समिति रोल्पाले बुधबार रुन्टीगढी गाउँपालिकाको कार्यालय अनुगमन गरेको छ। जिल्ला समन्वय समितिको नियमित अनुगमन क्रममा रुन्टीगढी गाउँपालिकालाई अनुगमन गरिएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

जिल्ला समन्वय समिति प्रमुख सीता आचार्यको नेतृत्वमा गाउँपालिकाको कार्यालयमा भएका काम कारबाहीको विषयमा र गाउँपालिकाले गर्नुपर्ने कार्य विवरण तथा कार्य प्रगतिका बिषयमा अनुगमन गरिएको हो।

अनुगमनपछि बसेको बैठकमा जिल्ला समन्वय समितिका अध्यक्ष आचार्यले गाउँपालिकालाई अनुगमन गर्ने आफ्नो अधिकार भएको र गाउँपालिकाको अनुगमन प्रसाद समन्वय सहकार्य गर्दै अगाडि बढ्ने र अनुगमनमा भेटिएका कमजोरीहरुलाई गाउँपालिकाले आफ्नो हितका लागि सच्याएर अगाडि बढ्न सुझाव दिने निकाय भएको हुनाले अनुगमन गरिएको उहाँले बताउनुभयो।

रुन्टीगढी गाउँपालिकासहित रोल्पामा तीनवटा गाउँपालिकाको अनुगमन गरिसकेको समन्वय समितिका उपाध्यक्ष कर्मलाल परियारले बताउनुभयो।

उक्त बैठकमा बोल्दै गाउँपालिका अध्यक्ष जनक पुनले अनुगमन खबर गरेर गरिने कुरा नभएको हुँदा खबर गरियो भने कहि कतै गल्ती गरिएको भए लुकाउन ढातछोप गर्न सकिने हुँदा अनुगमन गर्नुको सार्थकता नहुने भन्दै आगामी दिनहरुमा पनि बेला बेला अकस्मात आफ्नो पालिकालाई अनुगमन गर्न समेत जिल्ला समन्वय समितिलाई अनुरोध गर्नुभयो ।

अनुगमनका बेला मात्र नभई अध्यक्ष पुनले जुन सुक्कै समयमा पनि आफुले जिम्मेवारी लिएको शाखाको काम चुस्त दुरुस्त राखी कसैले सोधेको समयमा आफुले जिम्मेवारी बहन गरेको कार्यक्षेत्रको जवाफ दिन सक्ने गरि काम गर्न समेत पालिकामा कार्यरत कर्मचारीरुलाई निर्देशन दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ०६:५४
प्रतिक्रिया दिनुहोस्