सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - दाङकाे राप्ती राजमार्गअन्तर्गत तुलसीपुरको राम्रीदेखि सल्यान कपुरकोट सडक खण्ड दिउँसोमा बन्द हुने भएको छ । सोमवबारदेखि ७ दिन दैनिक ७ घन्टाका दरले सडक बन्द हुने भएको हो ।
सडक विस्तार तथा निर्माणको कार्य चलिरहेको हुँदा निर्माण व्यवसायीको आग्रहमा वैशाख ८ गतेदेखि १४ गतेसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सडक खण्ड बन्द गर्ने निर्णय गरिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टले जानकारी दिएका छन् । राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्रीदेखि सल्यानको कपुरकोट गाउँपालिकाको कपुरकोट बजारभन्दा केही दक्षिणको ४ किलोमिटर सडकखण्ड मर्मत तथा विस्तारको काम भइरहेको छ ।
चार किलोमिटर सडक खण्ड विस्तार तथा निर्माणका लागि १३ करोड २३ लाखमा सम्झौता भइ काम भइ रहेको प्रमुख विष्टले बताए । चार किलोमिटर सडक निर्माणको जिम्मा आरडी, उज्वल, लोकमणि ज्वाइन्ट भेन्चरले लिएका छन् । सम्झौतामा आगामी भदौ मसान्तसम्म सडक निर्माणको काम सकिने छ । २०८० माघ २८ गते सडक निर्माणको सम्झौता भएको थियो । पछिल्लो समय सडकखण्डअन्तर्गत केही स्थानमा कटिङको काम पनि भइरहेको कार्यालय प्रमुख विष्टले बताए । साथै सडकमा सब–वेश बिच्छ्याउने काम पनि धमाधम भइरहेको सडक डिजभिन दाङका प्रमुख विष्टले बताए ।
‘निर्माणको जिम्मा लिएकाहरूले हामी समयमै काम सक्छौँ र त्यसका लागि हामीलाई हप्ता दिन निश्चित समय यातायातका साधन सञ्चालनमा रोक लगाएर सहयोग गर्नुप¥यो भनेको हुँदा हामीले सहयोग गरेका हौँ’,डिभिजन प्रमुख प्रमुख विष्टले भने,‘पहाडको बाटोमा सवारीसाधन रोक्न मुस्किल हुने हुँदा उहाँहरूकै आग्रहमा काम छिटो होस् भनेर केही दिन सडकखण्ड निश्चित समय बन्द गर्ने निर्णय भएको हो ।’
ठाउँ–ठाउँमा गरिएको कटान र भत्काइएको सडकका कारण यात्रा गर्न निकै कठिन राम्री कपुरकोट सडकखण्डमा अहिले सव–वेश बिच्छाइको हुँदा सहजता भएको छ । सडकखण्ड सात दिन सात घन्टाका दरले बन्द हुने छ । त्यस्तै साना तथा अत्यावश्यक सवारी साधनले वैकल्पिक सडकमार्ग पैँयाखोरिया–सातबास, किमुचौर, कपुरकोट सडकखण्ड प्रयोग गर्न सक्ने छन् तर पैँयाखोरिया, सातबास, किमुचौर, कपुरकोट सडकखण्ड साँघुरो भएका कारण ठूला बस वा सवारी साधन भने चल्न सक्दैनन् । एम्बुलेन्स, स्कार्पियो, माइक्रो, दुई पाङ्ग्रे सवारी साधन भने पैँयाखोरिया–कपुरकोटमा सञ्चालन हुँदै आएका छन् ।