दाङको तुलसीपुरमा गोली प्रहारबाट नारायण आचार्यको मृत्यु

सोमबार, वैशाख ८, २०८२

दाङ - दाङको तुलसीपुरमा गोली प्रहारबाट नारायण आचार्यको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका –७ मोतिपुर निवासी ८३ वर्षका आचार्यको घरमै गोली प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय


प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।  आचार्य लामो समयसम्म रेडक्रस दाङको अध्यक्ष भएर काम गर्नुभएको थियो । प्रहरीलाई दिउसो २ बजे खबर पुगको थियो । हतियार कोठाभित्रै रहेको प्रहरीले जनाएको छ । साभार तुलसीपुर खबर

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्