सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - दाङको घोराही उपमहानगरपालिकाले शैक्षिक क्यालेण्डर अनुसार भोलिदेखि विद्यालय संचालन गर्न शिक्षकहरूलाई निर्देशन दिएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको विद्यालय संचालन सम्बन्धी बैठकले पालिका अन्तर्गत रहेका सबै विद्यालयहरूलाई भोलिदेखि संचालन गर्न गराउन निर्देशन दिएको प्रेस संयोजक निमु संगम घर्तीले जानकारी दिनुभयो । उपमहानगरपालिकाले विद्यालय संचालन भए नभएको समेत अनुगमन गर्ने जनाएको छ ।
बैठकपश्चात सामाजिक विकास महाशाखा घोराहीले एक विज्ञप्ति जारी गरी शैक्षिक क्यालेन्डर अनुासार विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । साथै उपमहानगरपालिकाले विद्यालय सञ्चालन भए नभएको समेत अनुगमन गर्ने जनाएको छ ।
सामुदायिक विद्यालयका शिक्षकहरु बिगत १९ दिनदेखि विद्यालय विधेयक ऐन जारी गर्न माग गर्दै काठमाडौँ केन्द्रित आन्दोल गरिरहेका छन् । विज्ञप्तिमा सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन गरिए तापनि संस्थागत विद्यालय हिजो आइतबारदेखि सञ्चालनमा आइुकेका छन् ।