सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकाले प्रत्येक ३/३ महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । उपमहानगरपालिका भित्रका अस्पतालमा तथा जिल्लामा हुने रगतको अभावलाई परिपूर्ति गर्नका लागि यो कार्यक्रमको सुरुवात गरिएको हो । चालु आर्थिक वर्ष २०८१/०८२ देखि सुरु भएको रक्तदान कार्यक्रम हाल तेस्रो त्रैमासिकसम्म तीन पटक रक्तदान कार्यक्रम भएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार रक्तदान कार्यक्रम सुरुभएदेखि १ सय ८ जनाले रक्तदान गरेका छन ।
गत चैत्र ३१ गते मात्रै भएको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए । यस्तै गत असोजमा भएको रक्तदान कार्यक्रममा ३२ जनाले र साउनमा भएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको निरिक्षक केसीले बताउनु भयो । उपमहानगरपालिकाका कर्मचारी, जनप्रतिनिधि लगायत स्थानिय नागरिकहरुले पनि रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गर्ने गरेको उहाँको भनाइ छ । रगतको अभाव परिपूर्तिसँगै रक्तदान गर्नुपर्छ भनेर जनचेतना जगाउने उद्देश्यले रक्तदान कार्यक्रमको आवश्यक रहेको महसुश गरी यो अभियान थालिएको उहाँले बताउनुभयो । साभार तुलसीपुर खबर