राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेशको भित्तेपात्रो विमोचन

आइतबार, वैशाख ७, २०८२
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ, ७ बैशाख -  राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले भित्तेपात्रो विमोचन, शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारु मगरले कार्यक्रमको उद्घाटन गर्दै भित्तेपात्रो विमोचन गर्नुभएको हो । मन्त्री सारुले नेतृत्व विकास, संगठन व्यवस्थापन तथा समसामयिक विषयमा सहजिकरण गर्नुभएको थियो । नेतृत्वले प्रभावकारी गुणहरु प्रस्तुत गर्दै दुरदृष्टि, सत्यता, इमानदारीता, आत्मानुभुती, जिम्मेवारी हस्तान्तरण, साहस जस्ता विषयलाई ध्यान दिएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री सारुले सबै स्वास्थ्य सेवा र पद्दतिको प्रयोग गरी नागरिकको स्वास्थ्यमा राज्यले आफ्नो अर्थतन्त्रको आकार र आर्थिक क्षमताअनुसार स्वास्थ्य क्षेत्रमा प्राथमिकताका साथ लगानी गरिरहेको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको भूमिका महत्वपुर्ण हुने बताउनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रका समस्याहरु पहिचान र त्यसको नीतिगत रुपमा समाधान गर्न महासंघले सुझाव दिएको समेत उहाँले बताउनुभयो । मन्त्री सारुले सेवा गुणस्तर अभिवृद्धि गर्न, चिकित्सकीय मानव संशाधन उत्पादन गर्न र अध्ययन अनुसन्धान गरी समग्र चिकित्सकीय क्रियाकलापलाई निर्देशित गर्न मद्दत गर्ने विश्वासका साथ स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू सञ्चालित रहेको बताउनुभयो । प्रशिक्षण कार्यक्रमका प्रमुख वक्ता नेकपा एमाले लुम्बिनीका सचिव तथा जनसंगठन ईन्चार्ज लक्ष्मण आचार्यले महासंघको विधी विधानसंगै प्रदेश सरकारबाट जारी भएका प्रदेश तथा स्थानीय ऐन, नियमावली विषयमा सहजीकरण गर्नुभयो । उहाँले संगठन र पार्टी बीच सुमधुर सम्बन्ध हुनुपर्ने भन्दै पार्टीको नीतिलाई संगठनहरुले कार्यान्वयन गराउन सघाउनुपर्ने बताउनुभयो ।


अर्का प्रशिक्षक नेकपा एमाले लुम्बिनीका सदस्य तथा पार्टी स्कुल विभागका उपप्रमुख दलबहादुर गुरुङले संगठन र सम्बन्ध विषयमा सहजिकरण गर्नुभयो । सो अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरी, जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक राजेश कुमार गुप्ता, खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरण प्रसाद गौतम, महासंघका सल्लाहकार समिति संयोजक राम बहादुर चन्द, महासंघ लुम्बिनीका संस्थापक अध्यक्ष चिन्तामणी ज्ञवालीलगाएतले संरचनागत र व्यवस्थापकीय चुनौतीहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमासमेत नीतिगत स्पष्टता हुनुपर्ने विषयमा जोड दिनुभयो ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ०६:४६
प्रतिक्रिया दिनुहोस्