दाङमा बलात्कार आरोपमा तुलसीपुरका ६५ वर्षका वृद्ध पक्राउ

शुक्रबार, वैशाख ५, २०८२
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ - दाङको तुलसीपुरमा बलात्कार आरोपमा एक वृद्ध पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पक्राउ पर्नेमा  तुलसीपुर उपमहानगरपालीका – २ खैरीपुर निवासी ६५ वर्षका टंक बहादुर कवर योगी रहेको प्रहरी निरीक्षक विनोद खत्रीले जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

योगी माथि ५ वर्षकी बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले चैत्र ३० गते पक्राउ गरि जबरजस्ती करणी मुद्दा चलाएको छ । घटना चैत्र २९ गते साढे २ बजे भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्